विपन्नलाई खाद्यान्न र स्वास्थ्य सामग्री

पोखरा, २४ असार (समाधान)
कोभिड १९ का रोजगारी गुमाएका दलित तथा बिपन्न ८१ परिवारका ३ सय ७३ सदस्यलाई जनचेतनासहित खाद्यान्न, औषधी र सुरक्षा सामाग्री वितरण गरिएको छ ।
परिवार संख्या अनुसार सबै परिबारलाई १ महिनालाई पुग्ने गरी चामल, नून, तेल, गेडागुडी, दाल लगायतका खाद्यान्न तथा भिटामिन बि कम्प्लेक्स, भिटामिन सि, सिटामोल, थर्मोमिटर, सेनिटाइजर, साबुन, माक्स र स्वस्थ्य सचेतना पोस्टर लगायतका स्वस्थ्य सामग्री प्रदान गरिएको छ ।
पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले चिल्ड्रेन नेपालले विपन्न परिवारलाई गरेको सहयोग सराहनीय भएको बताए । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले संस्थाले यो वर्ष अभिभावकत्व ग्रहण गरेका ४ सय ९५ बिपन्न बालबालिकाका र तिनका परिवारलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवा गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका बालबालिका युवा तथा परिवार कल्याण शाखा प्रमुख वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, सूर्यमुखी कृषि सहकारी संस्थाका कोषाध्यक्ष सीता नेपाली, हरि पोख्रेल, महेन्द्र पौडेल, सुनिता तिमिल्सिना, लीला न्यौपाने, सन्तोष नेपाली र विशाल विक, संहसंयोजक रमेश सुवेदी लगालयतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया