ग्रिनले ल्यायो सारथि टायर

समाधान संवाददाता २०७८ असार २५ गते १०:४५

काठमाडौं, २४ असार (समाधान)

ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । ग्रिन निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी हो । शेर्पा ब्रान्डमा उत्पादन गरिएको यो टायरको नाम सारथि टायर राखिएको छ ।

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने यो टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायरसमेत हो । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाका लागि तयार गरिएको छ ।

Advertisement

यो टायरमा ताप प्रतिरोधी क्षमता रहेकोपन्चर सुरक्षाका लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको कम्पनीले जनाएको छ । २० वटा गोटी र हाइ एनएसडीसहित उत्कृष्ट ट्रयाक्सनयुक्त भएकोले यसले लामो कम्पनीले जनाएको छ ।

हाल यो टायर १३.६–२८ को साइजमा उपलब्ध छ । केही दिनमा अन्य साइजका एग्रिकल्चर टायरसमेत बजारमा ल्याउने कम्पनीको तयारी छ । ३ वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायर उत्पादन गर्छ । अहिले कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया