टिभीएसको नयाँ स्कुटर

समाधान संवाददाता २०७८ असार २५ गते १०:५३

समाधान संवाददाता, पोखरा

टिभीएस कम्पनीको एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमासार्वजनिक भएको छ । टिभीएस कम्पनीले डिज्नी इन्डियाको उपभोक्ताउत्पादन व्यवसायसँग सहकार्य गरी टिभीएस एनटर्क १२५ को विशेष सुपरस्क्वाड संस्करण सुरु गरेको हो ।

यो नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।सुपरस्क्वाड संस्करणआइरन म्यान, ब्ल्याकप्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित ३ आर्कषक रंगइन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लुलमा उपलब्ध छ ।

Advertisement

टिभीएस मोटर कम्पनीका इन्टरनेसनलबिजनेसकाकार्यकारी उपाध्यक्षआर दिलीपले टिभीएस एनटर्क १२५ मानेपालमासार्वजनिकभएदेखि नैबेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजी रहेको बताए । उनले यो स्कुटर नयाँ पुस्ताका ग्राहकका लागि विकसित गरिएको उल्लेख गरे ।

जेएमपिएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादन सार्वजनिक गरे । उनले भने, ‘हामी जेएमपिएलमा नेपालमा रहेका ग्राहककालागि सबैभन्दानवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादन ल्याउन प्रतिबद्ध छौं ।’

Advertisement

ब्ल्याक प्यान्थरबाट प्रेरित स्टिलल्थ ब्ल्याक संस्करण पर्पलको विविध रङका साथ जेटब्लयाक रंगमाआउँछ। डेकल्सको ठूलो हिस्साका रूपमास्कुटरमा ब्ल्याकप्यान्थर सुटका तत्वहरू छन् ।

आइरन म्यानबाट प्रेरित इन्भिन्सिबल रेडमा आइरन म्यानहेलमेट लेग सिल्डमा एम्बोस गरिएको छ । आर्क रिएक्टर दुबै प्यानलमा छ। कम्ब्याट ब्लु क्याप्टेन अमेरिकाबाट प्रेरित छ ।

यो स्कुटर पहिलो एभेन्जरसँग सम्बन्धितनीलो, सेतो, रातो कलर टोनमा आउँछ । सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्ट एक्सनेक्टद्वारा सञ्चालित छ । क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् युजर इन्टरफेस (युआई)को साथ यो आउँछ ।

तपाईको प्रतिक्रिया