मनकामना स्मार्ट लघुवित्तको सेयर बाँडफाँड सोमबार

समाधान संवाददाता २०७८ असार २५ गते १६:२०

समाधान संवाददाता, काठमाडौं


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) बाँडफाँडको मिति तय भएको छ । उक्त आइपिओको बाँडफाँड सोमबार गर्ने मिति तय भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडलाई उद्धृत गर्दै अर्थसंसार डटकमले जनाएको छ । ‘आइपिओको प्रि–अलटमेन्ट आज शुक्रबार भएको छ,’ उक्त अनलाइन पत्रिकाले लेखेको छ, ‘प्रि–अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ ।’


प्रि–अलटमेन्ट सम्पन्न भएपछि सो को जानकारी नेपाल धितोपत्र बोर्ड तथा सिडिएसलाई दिइन्छ र त्यहाँबाट अनुमतिपछि आइपिओको बाँडफाँड गरिने प्रावधान छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

Advertisement


अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ ।

Advertisement

तपाईको प्रतिक्रिया