हप्तामा आइतबारदेखि ५३ उडान हुने

समाधान संवाददाता २०७८ असार २५ गते १८:३२

हप्तामा आइतबारदेखि ५३ उडान
सरकाले आइतबार देखि उडान थप गरेको छ । यस अघि हप्तामा दई दर्जनमात्र उडान भएको थियो । नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यस अघि उडान खुल्ला गरो गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको हो । प्राधिकरणले सार्वजनिक गरेको सुचीअनुुसार भारतमा सातामा दुई उडान मात्र हुनेछ । एउटा उडान नेपाल एयरलाइन्सले बुधबार र अर्को एयर डण्डियाले सोमबार

कातारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक एक उडान गरि सातामा सातै दिन उडाउने अनुमति पाएको छ । दोहामा हिमालय एरुलाइन्सले सोमबार, बुुधबार र शनिबार जहाज उडाउने छ ।

यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एकरएक उडान गर्ने भएका छन् ।

Advertisement

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ ।

हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।

Advertisement

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।

सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

कोरोना भाइसको अर्का अवस्था हेरी तालिका थपघट हुने प्रधिकरणलेको भनाइ छ । सबै वायुुसेवा कम्पनी तोकिका स्वास्थ्य मापदण्ड र आवश्यक कागजातको निश्ति गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया