क्यान्सर पीडित दिप्तीलाई २ लाख

पोखरा, २५ असार
रक्त क्यान्सर पीडित पोखरा ३१ बेगनासकी ३ वर्षकी बालिका दिप्ती सापकोटा बचाऊ अभियानले शुक्रबार २ लाख १ हजार ६० रुपैयाँ दिप्तीका अभिभावकलाई हस्तान्तरण गरेको छ ।
संकलित रकम पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलले बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरे ।
विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम दिप्ती बचाउन अभियानका नेतृत्वकर्ता रामबहादुर रानाभाट मार्फत डा बास्तोलाले हस्तान्तरण गरेका हुन ।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिले सहयोग गरेको अभियान संयोजक रामबहादुर रानभाटले बताए । अब दिप्तीलाई कान्ति बालअस्पताल काठमाण्डौं पठाउने तयारी छ । रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा विकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने जानकारी दिए ।
असार १ गतेबाट क्षेत्रीय अस्पतालको बच्चा वार्डमा उपचाररत बालिकाको आर्थिक अवस्था कमजोर छ ।
अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा. बास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रीय अस्पतालमा भएपनि थप ढिलाइ गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेत खाने व्यवस्था गरिदिएको छ ।
डा. बास्तोलाले संकलित रकम बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई आग्रह गरे । बालिकाकी आमा कोपिलाले अब छोरी बाँच्ने आशा पलाएको बताइन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया