प्रधानमन्त्री ओली मेलम्चीमा

समाधान संवाददाता २०७८ असार २६ गते १२:०५

बाढी बाट प्रभावित भएकाहरुको अवस्था बुझन प्रधानमन्त्री केपी शर्मा ओलाी सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनस्स्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन् ।

Advertisement

यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरूलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीसँग पूर्वमन्त्री शेरबहादुर तामाङ पनि छन् ।

Advertisement

तपाईको प्रतिक्रिया