मन्त्री आचार्य र मनाङेले लिए जिम्मेवारी

समाधान संवाददाता २०७८ असार २७ गते ६:५८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारका २ विनाविभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले मन्त्रालय पाउने भएका छन् । आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले मन्त्रालय लिन तयार भएका हुन् ।

आचार्यले ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद लिने भएका छन् । यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।

Advertisement

अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान कसेका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थयको जिम्मा पाइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया