एमालेले अवरोध गरेपछि गण्डकी संसद १ बजेसम्मलाई स्थगित

समाधान संवाददाता २०७८ असार २७ गते ११:५२

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाएपछि गण्डकी प्रदेश सभा बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ ।

बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरी संसद आज आइतबार ११ बजेदेखि सुरु भएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले माननीय सदस्यहरु आजको बैठक सुरु हुन्छ भन्नासाथ एमाले सांसदहरु उठेका थिए । त्यसपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिए ।

Advertisement

बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बताए । उनले यो सरकार बन्दा पुँजीगत खर्च रोकिएको पनि सुनाए । “कति करोड रुपैयाँ वितरण गर्नुभयो ? के आधारमा योजना छनोट गरियो ? त्यो चाहियो,” बस्नेतले भने ।

पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै बस्नेतले कुनै पनि कानुनअनुसार सरकारले गरेको बजेट विनयोजन ठिक नभएको पनि बताए । त्यसपछि सभामुखले संसद १ बजेसम्मलाई स्थगित गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया