प्रगतिशील टोल सुधार समितिमा गिरी

समाधान संवाददाता, पोखरा
प्रगतिशील समूह पोखरा छोरेपाटन १७ बेलघारीको दोस्रो अधिवेशन शनिबार सम्पन्न अधिवेशनले सागर गिरीको अध्यक्षता नयाँकार्य समिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्ष सन्तोष अधिकारी, दोस्रो उपाध्यक्ष खडगबहादुर थापा र तेस्रो उपाध्यक्ष सरस्वती गिरी निर्वाचित भएका छन् ।
सचिव गोपाल अधिकारी सहसचिव राजु श्रेष्ठ, कोषाध्यक्ष गोविन्द अधिकारी, सह कोषाध्यक्षमा नरमाया श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यमा भरत अधिकारी, सुनिता परियार, दुर्गा श्रेष्ठ, मीनराज पौडेल, सुनिता खडका र सुमित्रा लामा निर्वाचित भएका छन् ।
तारानाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशेष आतिथ्यता विजय गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै पौडेलले आफूबाट हुनसक्ने आर्थिक नैतिक भौतिक सहयोग गर्न हरहमेशा तत्पर रहेको बताए । विशेष अतिथि गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नगद ३ हजार ५९ रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा दीपक सुवेदी, सञ्जालका अध्यक्ष नन्दबहादुर पुन लगायतले भनाइ राखेका थिए ।
त्यसैगरी संस्थाका कोषाध्यक्ष गोपाल अधिकारीले वर्षभरिको आयव्यय प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य समूहका सह–सचिब सागर गिरीले राखेका थिए । संस्थाले प्रगतिशील समूहको नाम परिवर्तन गरेर प्रगतिशील टोल सुधार समिति राखेको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया