एमालेले सदन अवरुद्ध गरेपछि सत्तारुढ गठबन्धन बैठकमा

समाधान संवाददाता २०७८ असार २७ गते १५:१७

समाधान संवाददाता, पोखरा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेपछि अहिले सत्तारुढ ३ गठबन्धन छलफलमा जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी अहिले बैठक बसिरहेका हुन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोेड रुपैयाँ रकमान्तर गरेको विषयबारे स्पष्ट जानकारी दिइनुपर्ने भन्दै एमालेले सदन अवरोध गरेको थियो ।

Advertisement

गण्डकी प्रदेश सभामा आजबाट बजेटमाथिको छलफल सुरु भएको थियो । तर बजेटमाथि छलफल प्रक्रिया सुरु नै नभई बैठक स्थगित भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया