एकै दिन १५ निशान म्यागनाइट हस्तान्तरण

समाधान संवाददाता २०७८ असार २८ गते ८:२०

समाधान संवाददाता, पोखरा

बहुप्रतीक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रालि उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्रान्ड डेलिभरी गरेको छ ।

केही दिनदेखि बुकिङ भएका १५ निशान म्याग्नाइट एकै दिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिए । बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बरालले दाबी गरे । ‘निकै राम्रा विशेषतासहितको यो गाडीसुलभ मूल्यमा बजारमा आएकाले पनि धेरेको रोजाइमा परेको छ,’ उनले भने ।

Advertisement

पोखरा, लेखनाथसहित समग्र कास्की र वरपरका जिल्लाबाट पोखरामा निशान म्यागनाइट खरिद गर्न ग्राहक आउने गरेको बरालले बताए । ‘धेरै ग्राहक टेस्ट ड्राइभ गर्न पनि आउनु भएको छ । उहाँहरुले यो गाडी मन पराउनु भएको छ,’ बरालले भने, ‘पुराना गाडी एक्स्चेन्ज गरेर नयाँ निशान म्यागनाइट चढ्न चाहनेहरुको संख्या पनि राम्रो छ ।’ पुरानो गाडी एक्स्चेन्ज गर्न चाहेमा उचित मूल्य प्रदान गरी एक्स्चेन्ज सुविधा उपलब्ध गराउने बरालले बताए ।

निशान म्यागनाइटको सुरुवाती मूल्य ३० लाख छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ५० हजार रुपैयाँ छुट गरेको बरालले जानकारी दिए । ‘मेक इन इन्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधा छन् ।

Advertisement

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यु जस्ता अन्य प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । म्यागनाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको छ । पुस बटम स्टार्ट, प्रोजेटेड एलइडी हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमन्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।

इलाइट मोटर्सका प्रबन्ध निर्देशक बरालले ग्राहकको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्न सफल भएको बताए । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया