बाँदर चरित्र देखाएर सत्यता र डाटा नभएको श्वेतपत्र ल्याएः रामशरण बस्नेत

समाधान संवाददाता २०७८ असार २८ गते १०:००

समाधान संवाददाता, पोखरा

पूर्व भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एमालेका सांसद रामशरण बस्नेतले सरकारको श्वेतपत्रलाई असत्य र डाटा नभएको राजनीतिक पत्र भएको बताएका छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई आलोचित बनाउन असत्य र मनगढन्ते रुपमा श्वेतपत्र ल्याइएको बस्नेतको आरोप छ ।

‘कसरी हुन्छ अघिल्लो सरकारलाई बदनाम र आलोचित गराउन सत्य र डाटा नभएको श्वेतपत्र ल्याएका छन्,’ उनले भने । बस्नेतले सरकारलाई राम्रो काममा लाग्न र अघिल्लो सरकारको सही कुरालाई पनि गलत भन्दै नबस्न सुझाव दिए । ‘बाँदर चरित्र देखाएर बस्नुभन्दा आफैं राम्रो काम गर्न लाग्नुहोस् । बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि बनाउन दिँदैन,’ उनले भने ।

Advertisement

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आइतबार गण्डकी प्रदेशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी गरेको थियो । श्वेतपत्रमा अघिल्लो सरकारले गण्डकीको अर्थतन्त्रलाई संकटतर्फ धकेलेको र बहुवर्षीय योजनामा स्रोतको सुनिश्चितता नगरी हचुवाका भरमा आयोजना अघि बढाएको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया