मुस्ताङको धमाङ ,चिम्ले र एक्लेभट्टीमा स्याउ राख्ने ‘कोल्ड स्टोर’

समाधान संवाददाता २०७८ असार २८ गते १९:५०

एसके थकाली \ जोमसोम

स्याउ उत्पादनले प्रशिद्ध हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक स्याउ शीत भण्डार ( कोल्ड स्टोर ) निर्माण भएको छ ।मुस्ताङका स्याउ कृषक समूहले पेश गरेको मागका आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङले अनुदानमा शीत भण्डार गृह(कोल्ड स्टोर ) निर्माण गरेको स्याउ जोन मुस्ताङले जनाएको छ ।
कृषि उपज स्याउको उत्पादन तथा क्षति न्यूनिकरण ,गुणस्तरीय प्रर्वद्धन,बेमौसममा आवश्यक परिमाणको उपलब्धता सुनिश्चितता गर्दै व्यवसायिक तथा बजारिकरणमा सहयोग पू¥याउने उद्देश्यले स्याउ जोन मुस्ताङले ८५ प्रतिशत अनुदान सहुलियतमा शीत भण्डार गृहसहितको कोल्ड स्टोर निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको स्याउ जोन मुस्ताङका प्रमुख सुधिर थापाले जानकारी दिए ।

स्याउ जोन मुस्ताङका प्रमुख थापाका अनुसार जोनको अनुदानमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ झोङको हिमाली एग्रो फार्म र घरपझोङ—२ मार्फामा धमाङ कृषि समूहले शीत भण्डार गृह ( कोल्ड स्टोर ) निर्माण गरेका हुन् । यस्तै,घरपझोङ—५ चिम्लेमा स्थानीय कर्मा गुरुङको चिम्ले अर्चाड फार्मले पनि स्याउ जोनकै समन्वयमा कोल्ड स्टोर निर्माण गरेको छ । योसगै मुस्ताङमा एकैसाथ ३ वटा शीत भण्डार (कोल्ड स्टोर निर्माण भएको हो ।

Advertisement

हिमाली एग्रो मार्फ झोङले एक्लेभट्टी र धमाङ कृषि समूहले धमाङमा कोल्ड स्टोर भवनसहित कोल्ड स्टोर निर्माण गरेका हुन् । हिमाली एग्रो फार्मले एक्लेभट्टीमा व्यक्तिको जग्गा लिजमा लिएर १२ लाख ४३ हजार ९ सय लागतमा शीत भण्डार गृह निर्माण गरेको छ भने कोल्ड स्टोरका लागि गण्डकी प्रदेशको कृषि विकास निर्देशानालयबाट ५० प्रतिशत अनुदानमा उपकरण जडान गरिएको स्याउ कृषक निमा गुरुङले जानकारी दिए ।

उनले निर्देशानालयको अनुदानमा करिव १२ मेट्रिक टन स्याउ अट्ने क्षमताको कोल्ड स्टोर निर्माण गरेको जनाए ।
यस्तै ,घरपझोङ—२ मार्फामा धमाङ कृषि समूहले करिव २६ लाख ७८ हजार लागतमा शीत भण्डार गृहसहित कोल्ड स्टोर निर्माण गरेको समूहका सचिव दीपक लालचनले जानकारी दिए । उनका अनुसार कोल्ड स्टोर उपकरण काठमान्डौबाट भिकाईएको र सोको क्षमता २० मेट्रिक टन रहेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङले व्यवसायिक स्याउ खेती बिस्तार तथा प्रर्वद्धनका साथै गुणस्तरीय स्याउ उत्पादनका लागि कृषक तालिम ,कृषि उपकरण र औषधि लगायतमा अनुदान उपलब्ध गराउदै आईरहेको छ ।
मुस्ताङको पुरानो बस्ती मार्फाको धमाङमा १७ घरधुरीले ५ सय रोपनी क्षेत्रफलमा सामूहिक रुपमा व्यवसायिक स्याउ खेती गर्दैआईरहेको समूहका सचिव लालचनले उल्लेख गरे ।

Advertisement

“हामीले मार्फाको पुरानो बस्ती धमाङमा व्यवसायिक स्याउ खेती गरेका छौं बर्सेनि २ सय मेट्रिक टनसम्म स्याउ फल्छ ,“उनले थपे,“ स्याउ जोनको अनुदानमा कोल्ड स्टोर स्थापना भएको छ ।यसैवर्षदेखि यसको परिक्षण सुरु गछौं ।’ स्याउ फल्ने सिजन भदौ र असोजमा स्याउ खरित्ने ठेकेदारलाई ठेक्का मार्फत सबै स्याउ बिक्री गर्दा किसान मर्कामा पर्ने गरेको बताएं ।

उनले भने,“ स्याउ ठेक्का दिदा कृषकले स्याउको मुल्य पाउन सक्तैनन् ,जम्मा ७० रुपैया किलोमा स्याउ बिक्छ । सिजनमा स्याउ बिक्री गर्न हतार नगरी अबदेखि १२ महिना बेमौसममा पनि ताजा स्याउ मौज्याद राखेर आम्दानी बढाउन कोल्ड स्टोर राखेका हौं ।’
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सिजनका बेला सबै स्याउ ठेकेदारले बजार पू¥याईदिदा बमौसममा स्याउ अभाव हुने गरेको छ । यहाका किसानले खेर गएका स्याउ सकुटी बनाएर बेमौसममा पर्यटकलाई बिक्री गर्ने गर्छन् ।

अब कोल्ड स्टोर स्थापना भईसकेकाले मुस्ताङ आउने पर्यटकले ताजा स्याउ चाख्न पाउने छन् भने मुस्ताङको स्याउ महङ्गो मुल्यमा बिक्री हुने जनाईएको छ ।
झन्डै २०३० साल देखि मुस्ताङमा व्यवसायिक रुपमा स्याउ खेती सुरु भएको हो । पछिल्लो समय यातायातको सहजता र उचित बजारिकरण बिस्तार हुन थालेपछिर्m मुस्ताङका स्याउ किसान स्याउ खेतीतर्फ आर्कर्षित हुने थालेका छन् । मुस्ताङमा १२ सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती बिस्तार भएको छ । गत आर्थिक वर्ष ७ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
फोटो क्याप्सन ः धमाङ कृषि समूहले निर्माण गरेको शीत भण्डार गृह । तस्विर ः दीपक लालचन ।

तपाईको प्रतिक्रिया