६५ युनिट रगत संकलन

समाधान संवाददाता २०७८ असार २९ गते ९:३१

पोखरा, २८ असार (समाधान)

लायन्स क्लब अफपोखरा बिरौटा साझा चौतारीको आयोजनामा भएको रक्तदानमा ६५ युनिट रगत संकलनभएको छ । रक्तदान क्लबको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको हो ।

असिस्टेन्ट चिफ एडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।

Advertisement

क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेपुटी चिफ गोपाल थापा, डिस्ट्रिक सिनियर एडभाइजर दुर्गाकुमारी आचार्य, जोन चियर पर्सन सावित्रा पौडेल, सचिव विद्या पौडेल लगायतले रक्तदानको महत्वका बारेमा बोलेको कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिइन् ।

कार्यक्रम क्लब अध्यक्ष गीता पराजुलीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया