शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै
समाधान संवाददाता
२०७८ असार २९ गते ९:३७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैछन् ।
देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दललाई समेटेर सरकार बनाउने भएका छन् ।
सोमबार कोटेश्वरमा गठबन्धन बैठकले देउवाले सर्वोच्चको आदेश बमोजिम आज नै शपथ ग्रहण गर्ने र शपथका बेला सबै दलका नेतालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने सहमति भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया