युवा संघले ब्यूँतायो युथफोर्स

समाधान संवाददाता २०७८ असार २९ गते १३:५६

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो ।बालुवाटारदेखि बालकोटसम्म ओलीको स्वागतमा गाडीको लाइन लगाउन निर्देशन दिएकाे छ ।

एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए ।

बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट जाँदा स्वागत गर्न समेत निर्देशन दिए । उनले भने, ‘बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन हुनेछ । हजारौं समर्थकले स्वागत गर्नेछन् ।’

Advertisement

बस्नेतले एमाले छिट्टै सरकारमा फर्किने दाबी गरे । सर्वोच्चको आदेशपछि प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाले एक महिनापछि विश्वासको मत नपाएपछि एमालेले बहुमतसहित दाबी गर्ने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया