चामे–झोलुङुगे पुल उच्च जोखिममा

लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो पुल मस्र्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए।
उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मस्र्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझै उस्तै छ, घटेको छैन । नदीमा आएको बाढीले धार काट्दै लगेको छ । यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ । झोलङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ ।”
नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पु¥याएको थियो । अहिले पुलबाट आवातआवत बन्द छ । स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन् । अहिले यो पुलमासमेत बाढीले क्षति पु¥याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उहाँले बताए ।
उनले भने, “ यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ । ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ ।”
त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन् । जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।
भेन्टिलेटर उपयोगमा आएन
गण्डकी प्रदेश सरकारले प्रदान गरेको एक भेन्टिलेटर यहाँ प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पतालमा जनशक्तिको अभावमा भेन्टिलेटर थन्किएको हो ।
जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको अस्पतालका डा प्रतिभा गौलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन् । जडान गरिएको छैन । भेन्टिलेटरसम्बन्धी तालीम प्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।” अस्पतालमा भेन्टिलेटरसहित दुई श्ययाको सघन उपचार कक्ष निर्माणका लागि सामान खरीद गरिएको छ । जटिल बिरामीका लागि भेन्टिलेटरको सामग्री भए पनि दक्ष विशेषज्ञ नहुँदा प्रयोगमा आउन नसकेको उनले बताउनुभयो ।
१५४ सङ्क्रमित
जिल्लामा कोरोनाबाट १५४ सङ्क्रमित भइसकेका छन् । अहिले जिल्लामा सक्रीय सङ्क्रमितको सङ्ख्या १७ रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारी दिए।
उनले अनुसार सङ्क्रमितमध्ये १६ जना जिल्लाभित्रैको संस्थागत आइसोलेशन केन्द्रमा उपचार भइरहेको छ भने एक जनालाई पोखरा पठाइएको छ । जिल्लाका चार स्थानीय तहमध्ये हालसम्म नार्पाभूमि गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा रहेको प्रमुख आचार्यले बताए । चामेमा ६०, ङिस्याङमा ६२ र नासोँ गाउँपालिकामा ३० जनालाई सङ्क्रमण पुष्टि भएको थियो ।
तीमध्ये अहिले ङिस्याङका १० र नासोँका सात सङ्क्रमितको उपचार भइरहेको कार्यालयको तथ्याङ्क छ । १३७ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
कोरोना खोप बचाउन सकस
जिल्लामा दोस्रो चरणमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप बचाउन मुस्किल भएको छ । जिल्लामा बाढीपहिरोपछि विद्युतीय, सडक, फोन इन्टरनेटमा अवरुद्ध हुँदा खोप बचाउन मुस्किल भएको हो । तत्कालका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत आइसप्याक मगाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताए।
उनले भने, “बाढीपहिरो पश्चात् जिल्लामा पोल ढलेपछि बिजुली अवरुद्ध भएको छ । पच्चीस दिनदेखि तत्कालका लागि पोखराबाट मगाइएको आइसप्याकमा खोपलाई सुरक्षित तवरले राखेका छौँ । यसरी कति दिन राख्ने रु खोप खेर जाने सम्भावना बढ्दै गएको छ ।”
यस्तै विकट नार्पाभूमिमा खोप कसरी लैजाने भन्ने चिन्ता थपिएको छ । “ त्यहाँ पुग्न हिँडेर जान मात्र तीन दिन लाग्छ । अहिले त झन् बाढीपहिराले सबै बाटोघाटो भत्काउनाका साथै बगाएर लगेको छ । हिँडेर जान सम्भव छैन”, भनले भने








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया