माओवादीबाट पम्फा र जनार्दनलाई मन्त्री बनाउने टुंगो

समाधान संवाददाता २०७८ असार २९ गते १७:४०

समाधान संवाददाता, काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट नेताद्वय पम्फा भुसाल र जनार्दन शर्मा आजै मन्त्रिमण्डलमा समावेश हुने भएका छन् । भुसाल र शर्मालाई मन्त्री बनाउन पार्टीले टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ ।

शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्री बनाउने सहमति कांग्रेस र माओवादीबीच भएको छ । देउवाले प्रधानमन्त्रीको सपथ साँझ ६ बजे लिँदैछन् । लगत्तै मन्त्रीमा शर्मा र भुसालले सपथ लिने जनाइएको छ।

Advertisement

तपाईको प्रतिक्रिया