पोखराको सहरी क्षेत्रका वडा र स्वास्थ्य संस्थामा खोप, गाउँपालिकामा वडावडामा

समाधान संवाददाता २०७८ असार २९ गते १८:०१

समाधान संवाददाता

पोखरा, २९ असार

गण्डकी प्रदेशको राजधानी पोखरा सहरका विभिन्न वडाहरुमा भोलि बुधबार खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

कास्कीका स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यका अनुसार पोखरा महानगरपालिकाको ग्रामीण भेग बाहेकका वडाहरुमा र स्वास्थ्य कार्यालयहरुमा खोप लगाउने टुंगो भएको हो । कास्कीका गाउँपालिकाहरुमा वडावडामै खोप लगाउने प्रबन्ध मिल्ने उनले जानकारी दिए ।

कास्कीका लागि चिनियाँ खोप भेरोसिल ३६ हजार डोज आएको जानकारी पनि आचार्यले दिए । त्यसलाई बुध र बिहीबार गरी लगाइँदैछ । ‘ग्रामीण क्षेत्रका वडामा त्यसपछि लगाउने कार्यक्रम छ,’ उनले भने ।

Advertisement

चीनबाट सरकारले किनेर ल्याएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने भएको हो । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ । गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप आएको हो ।
विदेश जाने नागरिकका लागि पासपोर्टमा भिसा लागेको हुनुपर्ने र सिडिओले प्रमाणित गरेको हुनुपर्ने जानकारी स्वास्थ्य कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन् । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया