सर्वोच्चको फैसला बिरुद्ध मुस्ताङमा बिरोध प्रर्दशन

समाधान संवाददाता २०७८ असार २९ गते १९:२०

एसके थकाली \ जोमसोम

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापनको पैmसला गरेपछि त्यसको बिरुद्धमा मंगलबार हिमाली जिल्ला मुस्ताङमा बिरोध प्रर्दशन भएको छ ।

एमाले निकट ओली समर्थक जिल्ला युवा संघ नेपालतथा अनेरास्ववियुले मुस्ताङ सदरमुकाम जोमसोममा अदालतको फैसला विरुद्ध आक्रोशित हुदै बिरोध प्रर्दशन गरेका हुन् ।
सर्वोच्च अदालतले राजनितिक हस्तक्षेत्र गरेको भन्दै एमाले निकट युवा संघ नेपाल तथा अनेरास्ववियुका भातृसंगठनहरुले प्राधानन्यायधिश बिरुद्ध चर्को नारा लगाए।

Advertisement

बिरोध सभामा युवा संघ नेपालका स्थायी कमिटी सदस्य सम्राट गौचनले जनताको जनादेशलाई उलंघन गर्दै परमादेश मार्फत प्रतिनिधि सभा पूनःस्थापना गरिनु दुरभाग्यपूर्ण भएको बताए । उनले सर्वोच्च अदालतले गरेको राजनितिक हस्तक्षेपको बिरुद्ध कडा संघर्ष गर्दै जाने उल्लेख गरे ।
यसअघि एमाले निकट भातृसंगठनले प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबरा पुत्ला दहन गर्ने भनीएपनि प्रहरीले त्यसलाई रोक लगाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया