अझै भेटिएन पहिरामा बेपत्ता युवक
समाधान संवाददाता
२०७८ असार ३० गते १४:१४

एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता भएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ । पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की यही असार २२ गते रातिदेखि बेपत्ता भएका हुन् । खोजीकार्य जारी रहे पनि उनको अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले बताए
कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पु¥याएको हुनसक्ने प्रहरी आशङ्का छ । गलकोट नगरपालिका हुँदै बडिगाड खोलासम्म पुगेर प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको छ । पहिरामा परी घाइते भएका कार्कीका बुवा र भाइ भने पोखरामा उपचारपछि घर पर्केको प्रनानि न्यौपानेले जानकारी दिए । पहिरामा परी त्यस घरका २७ बाख्रा मरेका थिए । घरमा बस्न जोखिम भएपछि कार्की परिवार अहिले आफन्तकहाँ आश्रित छ ।
सम्बन्धित







मणिपालमा बुद्ध विशाल बजार व्यवसायीलाई छुट
थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया