प्रतिपक्षी संसद भवनबाट निस्के, एकलौटी ढंगले सदन चलाइयो

समाधान संवाददाता २०७८ असार ३० गते १६:२३

समाधान संवाददाता, पोखरा

मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका छन् । ‘सभामुखले एक्लै सदन चलाउनु भएको छ, हामीले सदन छाडिदिएका छौ,’ एमाले सांसद धनञ्जय दवाडीले भने ।

गण्डकी प्रदेश सभामा मार्सल लगाएर विनियोजन विधेयक पास गराइएको छ । सभामुखले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । प्रतिपक्षी एमालेका सांसदलाई मार्सल लगाएर रोकिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया