बढ्न थाले काेराना संक्रमण, २४ घण्टामा २ हजार ९०५ जनामा पुष्टि

समाधान संवाददाता २०७८ असार ३० गते १७:५२

काठमाडौँ– पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जना गरी जम्मा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो मंगलबार १ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हिजोको तुलनामा आज संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया