मध्यरातमा मोटरसाईकल दुर्घटना , चालक गम्भिर घाईते

समाधान संवाददाता २०७८ असार ३१ गते १०:१६


एसके थकाली \ जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा सामाग्री नजिकै कालोपत्रे सडकमा बुधबार मध्यराति मोटरसाईकल दुर्घटना हँुदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।दुर्घटनामा परी थासाङ गाउपालिका—१ टुकुचे का ३२ बर्षिय भीमप्रसाद पौडेल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको घरपझोङ—५ ठिनी लेंकबाट जिम्बु टिपेर मध्यराति टुकुचेतर्फ जाने क्रममा ग ८ प ६०१३ नम्बरको मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका पौडेलको अवस्था चिन्ता जनक रहेको जनाईएको छ ।उनको टाउको र चिउडोमा गम्भिर चोट लागेको छ ।
मुस्ताङ साईकल दुर्घटनामा परी गम्भिर घाईते भएका पौडेललाई जोमसोम अस्पतालको ईमजेन्सी वार्डमा भर्ना गरीएको र घाईते बेहोस अवस्थामा छन् ।यस्तै उक्त मोटरसाईकलमा सवारी अर्का युवाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

Advertisement

आर्थिक अवस्था कमजोर रहेका घाईतेलाई जोमसोम अस्पतालले पोखरा रिफर गरेपनि बेनी—जोेमसोम सडक अवरुद्ध भएको र हेलिकोप्टर झिकाउन नसक्ने अवस्था भएकाले घाईतेको थप उपचारमा समस्या परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया