पूर्वाधार मुस्ताङको भौतिक प्रगती ६० प्रतिशत

समाधान संवाददाता २०७८ असार ३१ गते १०:५४

एसके थकाली \ जोमसोम

पूर्वाधार विकास कार्यालय मुस्ताङको भौतिक प्रगती ६० प्रतिशत रहेको जनाईएको छ ।चालु आर्थिक वर्षमा बिनियोजित विभिन्न विकास आयोजना तथा अन्य विकास आयोजनाको खर्चका आधारमा सो परिमाणमा भौतिक प्रगती भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
चालु आर्थिक वर्ष २०७७—०७८ का लागि २७ करोड ५६ लाख २२ हजार पुँजिगत विकास बजेट बिनियोजन भएकोमा २१ करोड ५६ लाख रुपैया बित्तिय भुक्तानी भईसकेको छ ।संघीय सशर्त अनुदान तर्फ आएको १ करोड ३८ लाख ३० हजारमा ८३ लाख ५२ हजार खर्च भएको कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिए ।

यस्तै,गण्डकी प्रदेश सरकारबाट साना—ठुला गरी कुल २९ वटा आयोजनाको लागि बिनियोजन भएको सांसद विकास कोषको ४ करोड बजेटमा ३ करोड ८० लाख भूक्तानी भई सकेको कार्यालय प्रमुख पौडेल बताए ।
पूर्वाधार विकास कार्यालय अन्तर्गत संघ तथा प्रदेशको चालु वर्ष तथा बहुबर्षिय आयोजना अन्तर्गत ३ वटा भवन निर्माण,एक निर्वाचनक्षेत्र एक रणनितिक महत्वको सडक २ वटा,प्रादेशिक सडक निर्माण “ख’ बर्गको ४ वटा ,प्रादेशिक सडक निर्माण “ग’ बर्गको ६ वटा,झोलुङे पुल १ वटा ,प्रादेशिक सडक पुल निर्माण ३ वटा,जोमसोम सदरमुकाम सडक , जोमसोम—नमुख सडक र विभिन्न सडक मर्मत आयोजना समावेश छन् ।

Advertisement

मुस्ताङ र डोल्पा जोड्ने एक्लेभट्टी—पाक्लिङ मोटरेबल पुलका लागि चालु वर्ष ७५ लाख ,थासाङको लेते—छयो—कुञ्जो जोड्ने मोटरेबल पुलका लागि ५० लाख र जनता आवास कार्यक्रमका लागि १३ लाख ३० हजार बजेट विनियोजन भएको थियो । जनता उपलब्ध बजेट अन्तर्गत जनता आवास कार्यक्रममा ९ लाख ४५ हजार खर्च भएको छ ।

मुस्ताङको डोल्पा जोड्ने मोटरेबलको काम ५० प्रतिशत मात्र संम्पन्न भएको छ ।भौगर्भिक रुपमा बैज्ञानिक अध्ययन नगरी सर्वे गरिएको भन्दै २०७३ साल देखि सो पुलको काम अघि बढ्न सकेको थिएन ।सो पुलको अहिले पायरसहित २ वटा फाउन्डेसन जग पिल्लर निर्माण भईसकेको छ ।

Advertisement

मुस्ताङ सदरमुकाम जोमसोम देखि विश्वको अग्लो उचाईमा अवस्थित तिलिचो मार्ग जाने जोमसोम—नमखु सडकको गतवर्ष र चालु वर्ष सडक बिस्तारको काम रोकिएको छ ।गण्डकी प्रदेशको क्रमागत बजेट मार्फत सुरु गरिएको सो सडकमा वातावारण मूल्याङ्कन प्रतिवेदन (ईआईए) मापदण्ड पुरा नगरी सडक बिस्तार गरेको भन्दै उजुरी परेपछि सडकको काम रोकिएको थियो ।पूर्वाधार विकास कार्यालयले सो सडकको ईआईए प्रतिवेदन पेश गर्ने चरणमा रहेको जनाएको छ । सो सडकका लागि चालु वर्ष ५० लाख बजेट बिनियोजन गरेपनि बजेट खर्च हुन नसकेको कार्यालय प्रमुख पौडेलले बताए ।

यस्तै,पूर्वाधार विकास कार्यालय अन्तर्गत लेते—छयो—कुञ्जो जोड्ने पक्की मोटरेबल पुलका लागि बिनियोजित ५० लाख बजेट पनि खर्च हुन सकेन । २०७५ सालमा निर्माण सुरु गरिएको सो पुलको दुई वटा दायाबाया फाउन्डेसन उठाईपनि नदी कटानले संरचनामा आशिंक क्षति पू¥याईपछि पुलको प्रि—सर्वे गरिएको थियो ।

गण्डकी प्रदेशको एक निर्वाचनक्षेत्र एक रणनितिक महत्वको सडक अन्तर्गत लोमान्थाङ र घरपझोङ रिङरोड सडकको काम आशिंक रुपमा अघि बढेको छ ।लोमान्थाङ रिङरोड सडकको लागत २१ करोड १७ लाख रहेकोमा ९ करोड १५ लाख बजेट भूक्तानी भईसकेको छ ।

यस्तै,घरपझोङ रिङरोड सडकको लागत २१ करोड ४३ लाख रहेकोमा ३ करोड ७६ लाख मात्र बित्तिय प्रगती भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार लोमान्थाङ रिङरोडको ४० प्रतिशत र घरपझोङ रिङरोड सडकको १५ प्रतिशत मात्र भौतिक प्रगती भएको छ ।
फोटो क्याप्सन ः विश्वकै अग्लो उचाईमा अवस्थित तिलिचो ताल जाने निर्माधिन जोमसोम—नमुख सडक

तपाईको प्रतिक्रिया