माधव निवासमा प्रचण्ड र विप्लव

समाधान संवाददाता २०७८ असार ३१ गते १२:३५

समाधान संवाददाता, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एकसाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवुकमार नेपालसँग भेटवार्ता गरेका छन्।

एमालेको अन्तरकलह साम्य नहुने संकेतका माझ एक साथ कोटेश्वर पुगेर विप्लव र प्रचण्डले नेता नेपालसँग छलफल गरेका हुन् ।

Advertisement

प्रचण्डका निजी सचिवालयका अनुसार नेपाललाई भेट्न भने प्रचण्ड र विप्लव सँगसँगै पुगेका हुन् । साथमा नेता धर्मेन्द्र वास्तोला पनि छन् ।

प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् ।
ओली सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले ओली सत्ताच्युत हुनासाथ अन्य कम्युनिस्ट नेतासँगको भेटवार्तालाई तीव्रता दिइरहेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया