शेयर बजारमा हरियाली

समाधान संवाददाता २०७८ असार ३१ गते १६:२८

आज शेयर बजार १२.८७ प्रतिशतले बढेको छ । २ । आज शेयर बजार २८८४.९२ अंकमा पुगेर रोकिएको छ । आज २ सय २२ वटा कम्पनीले ६ अर्ब १० करोड ७६ लाख ७ हजार १ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेका छन् । आज कूल ४ करोड ४६ लाख ६५ हजार ५ सय ६६ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै,आज ५३ हजार १८ पटक कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ, ट्रेडिङ , विकास बैंक,जलविद्युत कम्पनी, वित्त कम्पनी, निर्जीवन बीमा कम्पनी,उत्पादन,लघुवित्त वित्तीय संस्था लगायतका उपसमूहहरुको कारोबार वृद्धि भएको छ । आज सबैभन्दा बढी वित्त कम्पनीहरुको कारोबार ३.०७ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम निर्जीवन बीमा कम्पनीहरुको कारोबार ०.२४ प्रतिशतले बढेको छ ।

त्यस्तै,आज होटल तथा पर्यटन क्षेत्र,अन्य,जीवन बीमा कम्पनी,म्युचुअल फण्ड तथा लगानी लगायतका क्षेत्रको कारोबारमा गिरावट आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया