काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

समाधान संवाददाता २०७८ असार ३१ गते १६:४४

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा, के भयो मोडालिटी रु

काठमाडौं उपल्यकामा १०दिन निषेधाज्ञा थपिएको छ ।
उपल्यकका तीनै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यथास्थितीमा थप १० दिन लकडाउन थप गरेको हो । जोखिमलाई ध्यानमा राख्दै आगामी साउन १० गतेसम्म निषेधाज्ञा बढाइएको हो ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा थप गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया