वडा सचिवको कोठाबाट सामाजिक सुरक्षाभत्ताको ३९ लाख गायब
सामाजिक सुरक्षाभत्ता बापतको रकम वडा सचिवकै कोठाबाट हराएका छ । बुङ्गल नगरपालिका वडा नं ९ र ११ का बासिन्दालाई सुरक्षाभत्ताबापतको रकम वडा सचिवकै कोठाबाट हराएको छ । कोठामा राखिएको नगद ३९ लाख रुपैयाँ चोरी भएको वडा सचिव बपिन्द्र महतोले दाबी गरेका छन् ।
उनी नगरपालिकाकै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका छन् । उक्त रकम सोही घरमा राखेको र त्यहीँबाट चोरी भएको महतोले बताएका छन् । तर कोठामा तोडफोड नभएको र पैसा राखेर ताला लगाइएको भनिएको दराज फुटाइएको कुनै संकेत नदेखिँदा घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।
उनी नगरपालिकाकै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका छन् । उक्त रकम सोही घरमा राखेको र त्यहीँबाट चोरी भएको महतोले बताएका छन् । तर कोठामा तोडफोड नभएको र पैसा राखेर ताला लगाइएको भनिएको दराज फुटाइएको कुनै संकेत नदेखिँदा घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।
सचिव महतोले भने दराजमा ताला लगाएर पैसा राखेको र त्यसपछि ९ बजेतिर इन्टरनेट चलाउन नजिकैको वडा कार्यालय गएको बताएका छन् । उक्त घरमा सचिव महतोलगायत अरू २ जना भाडामा बस्ने गरेको र घरबेटी अर्कै घरमा बस्ने गरेको बुझिएको छ ।
महतोले सामाजिक सुरक्षाभत्ता वितरण गर्न गत साता मात्रै ६१ लाख रकम नगदै झिकेर लगेको बताए । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्न कोठामा राखिएको उनको भनाइ छ ।
प्रहरीले वडा सचिव महतो, नगरपालिकाका एक प्राविधिक सहायक र घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी अस्थायी पोस्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपक खड्काले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला ल्याउन निर्देशन दिइएको खड्काले जानकारी दिए ।









खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया