आज २६ सय ७६ संक्रमित थपिए, ३३ जनाको मृत्यु

समाधान संवाददाता २०७८ असार ३१ गते १८:०९

काेराना भाइसरकाे सक्रमित दिन प्रतिदिन बढ्दै गएका छन् । आज देशभर २६ सय ७६ संक्रमित थपिए, ३३ जनाको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज ८ हजार २५६ जनाको पीसीआर गर्दा १ हजार ७८२ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ५१२ जनाको एन्टिजेन गर्दा ८९४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।अहिलेसम्म पीसीआर परीक्षणबाट ६ लाख ६२ हजार ५७० र एन्टिजेन विधिबाट ४६ हजार ८९६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७५७ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

नेपालमा थप ३३ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया