मेयर जिसीलाई मस्तिष्कघात, काठमाडौं लगिँदै

समाधान संवाददाता २०७८ साउन १ गते ९:४३

समाधान संवाददाता, पोखरा

पोखराका मेयर मानबहादुर जिसीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।

थप उपचारका लागि मेयर जिसीलाई काठमाडौं लैजान हेलिकोप्टर पोखरा आइसकेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । १० बजे बिहान एभरेस्ट हेलिकोप्टरमार्फत जिसीलाई काठमाडौं लैजान लागिएको हो।

Advertisement

उनका अनुसार उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले दिए ।

काठमाडौं बाँसबारीस्थित स्नायु(न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया