मेयर जिसीलाई लिएर काठमाडौं उड्यो हेलिकोप्टर

समाधान संवाददाता २०७८ साउन १ गते ११:५३

मेयर मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
पोखराका मेयर मानबहादुर जिसीलाई काठमाडौं पुर्‍याइएको छ । मनिपाल हस्पिटलबाट हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

हेली एभरेष्टमार्फत उनलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पताल लगिँदै छ।

बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।

Advertisement

उनका अनुसार उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी मेयरका प्रेस संयाेजक माधव बरालले दिए ।

काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया