सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तको साधारण सेयर आउँदै

समाधान संवाददाता, काठमाडौं
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आइपिओ) निष्कासन गर्न विभिन्न २ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति माग्दै जेठ ९ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेस गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आइपिओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीको जेठ २३ गते, आइतबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति माग्दै वैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेस गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्कासन गर्न निवेदन पेश गरेको हो ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया