अहिले आईएमईआई नम्बर दर्ता नभएपनि मोबाइल बन्द हुँदैन

समाधान संवाददाता २०७८ साउन १ गते १५:५२

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशमा चोरी भएका, नेपालमा कर नतिरिएका मोबाइल प्रयोग बन्द गर्न यस्तो प्रणाली लागु गर्नुपरेको जनाएको छ ।

यो व्यवस्थापछि मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहित हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले लागु गरेको एमडीएमएस प्रणालीले कुन मोबाइल वैध र कुनै अवैध हो भन्ने कुरा सहजै पत्ता लगाउनेछ ।

नेपालमा मोबाइल सेट आयात गर्नुअघि अनिवार्य रूपमा स्तर स्वीकृति एवं इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

Advertisement

यो व्यवस्था लागु भएपछि गैरकानूनी रुपमा मोबाइल आयात बन्द हुने र राजस्व बढ्ने, मोबाइल चोरी भएमा त्यसको अवस्थाबारे जानकारी लिन, गुणस्तरहीन मोबाइल बजारमा आउनबाट रोक्न एवं गैर कानूनी काममा मोबाइलको प्रयोग निरुत्साहित गर्न सघाउने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

उनका अनुसार साउन १ गतेदेखि अर्थात् आजदेखि नयाँ खरिद हुने कुनै पनि मोबाइलको आईएमईआई दर्ता हुनैपर्छ नत्र चल्दैन ।

Advertisement

प्राधिकरणले व्यवसायिक हिसावले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका हकमा ग्राहकले तत्काल आईएमईआई दर्ता गर्न नपर्ने स्पष्ट पारेको छ । तर, प्रयोगमा रहेका मोबाइलको आईएमईआई पनि दर्ता भने गर्नुपर्छ । प्राधिकरणले प्रयोगमा रहेका मोबाइलको आईएमईआई दर्ताका लागि अहिले नै अनिर्वाय गरिसकेको छैन । मा गएर आफ्नो मोबाइलको आईएमईआइ दर्ता गर्न सकिन्छ ।

उनले साउन १ गतेदेखि खरिद गरिने नयाँ मोबाइलको आईएमईआई नम्बर दर्ता भएरनभएको हेरेर मात्रै खरिद गर्न सुझाव दिए । नयाँ मोबाइल बिक्रीकर्ताले पनि दर्ता गर्न सक्ने भएकाले त्यो बुझेर मात्रै खरिद गर्दा झन्झट नहुने उनको सुझाव छ ।

नयाँ खरिद गरिने मोबाइलको बक्समा नै आईएमईआई नम्बर लेखिएको हुन्छ भने *#06#टाइप गरेर पनि मोबाइलको आईएमईआई नम्बर हेर्न सकिन्छ ।

“अहिले नेपालमा चलिरहेका मोबाइलहरुको आईएमईआई नम्बर दर्ता नभएपनि बन्द हुँदैन । आईएमईआई नम्बर दर्ता गर्ने प्रणालीमा समस्या आएको छ । चलिरहेका मोबाइलको आईएमईआई नम्बर दर्ता नगर्दा मोबाइल चल्दैन की भने आत्तिनु पर्दैन” उनले भने, “अहिले रोकिएको दर्ता प्रणाली सुचारु भएपछि आईएमईआई नम्बर दर्ता भने गर्नुपर्छ ।” अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । आईएमईआई नम्बर दर्ता गर्न कुनै शूल्क लाग्दैन ।

व्यक्तिगत तवरले बिदेशबाट ल्याइएका र प्रयोग भैरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरूद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई नम्बर दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई नम्बर दर्ता गर्ने प्रबन्ध मिलाइने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया