रक्सी खाएका थापा पाेखराकाे मेथलाङ डाँडाबाट खस्दा मृत्यु

समाधान संवाददाता २०७८ साउन १ गते १८:५०

समाधान संवाददाता, पोखरा

शुक्रबार दिउँसो पोखरा १८ मेथलाङ डाँडाबाट खसेर १ युवाको ज्यान गएको छ । दिउँसो साढे १ बजेतिर गोरखा घर भई पोखरा ७ मासबार बस्ने सञ्जोग थापा डाँडाबाट खसेका थिए ।

साथीहरुसहित भएका थापा डाँडाको भीरबाट करिब ५० मिटर तल खसेका थिए । खसेर घाइते भएका उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो । थापाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । मादक पदार्थ सेवान गरी साथीहरु संग डाँडामा गएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया