नयाँ नारा : पोखरा, प्योर एज प्याराडाइज

पोखरा-पर्यटन बोर्ड गण्डकी प्रदेशले पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘पोखरा, प्योर एज प्याराडाइज’ नारा तय गरेको छ । ‘प्याराडाइज पोखरा’ भन्ने पुरानो ब्रान्डिङलाई बोर्डले थोरै हेरफेरमात्रै गरेको हो ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा पोखरा कार्यालय प्रमुख काशीराज भण्डारीका अनुसार अब पोखराको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचार यसै ब्रान्डमा गरिने छ । उनले नयाँदेखि पुरानो पुस्तासम्मलाई छुने गरी नयाँ नारा तय भएको जानकारी दिए । विज्ञ टिमले पोखराको नयाँ ब्रान्डिङ तयार गरेको हो ।
भण्डारीले पर्यटकीय ब्रान्ड तय गर्नुअघि पोखराका सरोकारवालामाझ विभिन्न चरणमा प्रस्तुत गरी थप राय तथा सुझाव संकलन गरिएको जानकार पनि दिए । उनले छलफलपछि पर्यटकीय ब्रान्डलाई अन्तिम रूप दिइएको सुनाए । कोभिड १९ को प्रभाव कम भएपछि नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्य पर्यटन बजारमा नयाँ ऊर्जाका साथ प्रवद्र्धन गर्ने भण्डारीले बताए ।
नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्रान्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्रान्ड बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले जानकारी दिएका छन् । उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महसुस गरी ब्रान्डिङको सुरुआत गरिएको बताए । ‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ,’ रेग्मीले भने, ‘ती विशेषतालाई समेट्दै ब्रान्डिङ गर्दा पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौं । विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ ।’ बोर्डले यसको सुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो ।
वरिष्ठ निर्देशक भण्डारीले सातवटा आइकनमार्फत पोखरालाई पर्यटन बजारमा चिनाउन खोजिएको जानकारी दिए । ‘पोखरालाई प्रतिनिधित्व गर्ने पर्यटकीय आइकन राखेर ब्रान्डिङको पहल गरेका छौं । यसले पक्कै पनि पोखरालाई नयाँ रुपमा बुझाउनेछ,’ उनले भने ।
पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनात्मक सामाग्री बनाउँदा ‘पोखरारः प्योर एज प्याराडाइज’ ब्रान्ड नै उपयोग गर्ने भएको छ । भण्डारीले बोर्डले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको पर्यटन बजारमा बजारीकरण गर्न जाने क्रममा नयाँ ब्रान्डिङ सहितका प्रचार सामग्री उपयोग गर्ने सुनाए । ‘कप, झोला, डायरी, पर्चा, पम्प्लेट, स्ट्यान्ड बनाएर प्रवद्र्धन गर्न सकिन्छ । ती प्रचार सामग्रीमा पोखराको परिचय बढाउन खोजिएको हो,’ उनले भने । बजारको आवश्यकता हेरेर नयाँ ब्रान्डिङ सहितका प्रचार सामाग्री बनाउने उनले बताए ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया