मेयर जिसीकाे शल्यक्रिया हुँदै

समाधान संवाददाता, पाेखरा ।
काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका मेयर मानबहाुदर जिसीकाे शल्यक्रिया गर्नु पर्ने भएकाे छ । २४ घण्टा प्रत्यक्ष निगरानीमा उपचार गरेपछि न्युराे अस्पतालकाे चिकित्सककाे टाेली शल्यक्रिया गर्ने निर्णयमा पुगेकाे हाे ।
शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका मेयर जिसीलाई मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेका थिए ।
मेयर जिसीकाे उपचारमा काठमाडाैंमा रहेका लक्ष्मण तिमिल्सिनाका अनुसार अहिले विहान उपचारमा संलग्न चिकित्सकहरु छलफल गरी शल्यक्रिया गर्ने निष्कर्षमा पुगेका छन् ।
हल्का स्वेलिङ्ग (सुन्निएकाे ) देखियाे अब अप्रेशन नै गर्नु पर्छ भन्दै चिकित्सकहरुले शल्यक्रियाकाे तयारी गर्दै हुनुहुन्छ– तिमिल्सिनाले समाधानसँग भने । ४८ घण्टा भित्रै शल्यक्रिया गर्दा राम्राे हुन्छ भन्ने निष्कर्षमा चिकित्सक टाेली पुगेकाे उनले बताए ।
मणिपालका चिकित्सककाे सल्लाहमै मेयर जिसीलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।
मेयर जिसीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व गृहमन्त्री खगराज अधिकारी, एमाले गण्डकी अध्यक्ष जगत विश्वकर्मा लगायतले काठमाडाैं स्थित अस्पतालमै पुगेर भेटेका थिए ।
मणिपालका चिकित्सकहरुका अनुसार मेयर जिसीको मस्तिष्कको एउटा नसामा सामान्य अवरोध देखिएको छ । उनको देब्रेहरमा त्यसले असर गरेको छ ।
पोखराका विभिन्न व्यक्ति तथा संघसंस्थाले मेयर जिसीको स्वास्थ्य लाभको कामना गरेका छन् । महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर मेयर जिसीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘काठमाडौंको न्युरो अस्पतालमा उपचाररत महानगर प्रमुख जिसीको पोखरा महानगरपालिका परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’, नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सम्लग्न चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’
मणिपाल शिक्षण अस्पपालमा उनको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या भएको विज्ञप्तिमा उल्लेख छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया