साउन १५ भित्र ३२ लाख खोप आउने

समाधान संवाददाता, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गते भित्र नेपालमा थप ३२ लाख कोभिडविरुद्धको खोप आउने जानकारी दिएको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउन १५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहने जानकारी दिएको हो।
चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो ।
मन्त्रालयले खोप अभियान आइतबारबाट पुनः शुरु हुनेभन्दै सबै नागरिकलाई संयमित हुन पनि आग्रह गरेको छ। ‘साउन पन्ध्र गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहनेछ र हामी सबैले खोप लगाउन पाउने छौं। त्यसैले सबैमा संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गरिदिनुहुन सार्वजनिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा केही जिल्लाहरुले खोप अभियान शुरु गरेर अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी पनि उल्लेख छ।
‘केही दिनदेखि भेरोसेलको खोपहरु विभिन्न प्रदेशका जिल्लाहरुमा पुगी खोप अभियान शुरु भएका छन्। रोकिएको अभियान भोलिपर्सिबाट शुरु हुने र जोन्सनको खोप पनि अभियान सञ्चालन हुने गरी विभिन्न जिल्लाहरु पुगिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई प्राथमिकतामा राखेर असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ गतेसम्म दिने भनिएको थियो।
गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उनले बताए । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ ।
चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर अर्को दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो

।
तपाईको प्रतिक्रिया