मुख्यमन्त्री पोखरेल काठमाडौंमा राजनीतिक भेटमा व्यस्त

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शुक्रबार काठमाडौं गएका मुख्यमन्त्रीले शनिबार प्रधानमन्त्री भेटेका थिए । पोखरेलले अरु गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री जनार्दन शर्मा लगायतसँग पनि भेटेका छन् ।
‘आज (शनिबार)बिहानैदेखि काठमाडौंमा राजनीतिक भेटघाटमा छौं । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, माननीय गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, नेतृ सुजाता कोइरालासँग भेट भएको छ,’ मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘समसामयिक राजनीतिक परिस्थितिका बारेमा उहाँहरुसँग छलफल भएको छ ।’
संघ सरकारको नेतृत्व फेरिएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई बधाई दिँदै अरु राजनीतिक विषयमा कुराकानी पनि गर्ने उद्देश्यले मुख्यमन्त्री काठमाडौं गएका हुन् । उनको साथमा सामाजिक विकास मन्त्री कुमार खड्का, सांसद विष्णु लामिछाने, राजनीतिक सल्लाहकार खड्क कमाल र प्रेस संयोजक भरत कोइराला पनि छन् ।
मुख्यमन्त्री भएपछि पोखरेलको यो दोस्रो काठमाडौं यात्रा हो । मुख्यमन्त्री भएपछि पनि उनी सभापति देउवालाई भेट्न गएका थिए । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भनेर मुख्यमन्त्रीले फेसबुकमा राखेको जानकारीलाई गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तारसँग पनि जोडेर हेरिएको छ ।
कांग्रेस र माओवादीबाट प्रतिनिधित्व गर्ने सांसदहरु कसकसलाई मन्त्री बनाउने भन्ने निक्र्याेल गण्डकीमा पोखरेलले गर्न सकेका छैनन् । त्यसका लागि उनले केन्द्रबाट निर्णय गराइदिन यसअघि नै आग्रह गरिसकेका छन् । तर केन्द्रको राजनीति परिवर्तन भर्खरै भएको हुँदा निर्णय आएको छैन ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया