एमालेका ८ सांसदले साथ दिए देउवाले आज विश्वासको मत पाउने

समाधान संवाददाता, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार नै संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सर्वोच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधिसभाको बैठक आजै बोलाइएको छ ।
संसद सचिवालय स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने प्रधानमन्त्री देउवाको तयारी छ। आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ । विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।
देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । देउवा संविधानको धारा ७६ को ५ अनुसार २९ असारमा प्रधानमन्त्री नियुक्त भएका हुन्। त्यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवा सरकार जोगिन्छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।









सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया