पोखरामा रहेका गगन थापा देउवालाई विश्वासको मत हाल्न हेलिकोप्टरमा काठमाडौं

समाधान संवाददाता २०७८ साउन ३ गते १५:०१

समाधान संवाददाता, दमौली

नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकोप्टरमार्फत काठमाडौँ गएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ आएका थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हेलिकोप्टरबाट काठमाडौ गएका हुन् । थापाले आफूलाई विश्वासको मत दिने मिति आज भन्ने थाहा नभएकाले पोखरा हुँदै तनहुँ आएको बताए । विश्वासको मत लिने निश्चित भएपछि पार्टीले हेलिकोप्टर पठाएको पूर्वसांसद यज्ञ थापाले बताए ।

कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि थापामा थिए । पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेलि एभरेष्ट बोलाएर थापा काठमाडौं आएका हुन् । सडक खुलेर काठमाडौं आउँदा संसदको कारवाही नभेटिने भएकाले उनी हेलिकप्टरबाट गएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया