सांसद पदबाट भीम रावलले दिए राजीनामा

समाधान संवाददाता २०७८ साउन ३ गते १६:२२

नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य भीम रावलले राजीनामा गरेका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले आजै विश्वाको मत लिने तालिका थियाे ।

अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने भन्दै राजीनामा गरेका छन् ।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक थिए।

Advertisement

तपाईको प्रतिक्रिया