प्रधानमन्त्री देउवालाई राप्रपा र नेमकिपाबाहेक सबै दलकाे मत !

समाधान संवाददाता, पाेखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अपेक्षा गरे भन्दा धेरै भाेटसहित विश्वासकाे मत पाएका छन् । उनकाे पक्षमा १६५ सांसदले मतदान गरे भने विपक्षमा ८३ उभिए । १ जना तटस्थ बसे ।
पुनर्स्थापित प्रतिनिधि सभामाले देउवाले विश्वासकाे मत नपाउनेसम्मकाे अड्कल काटिएकाे अवस्थामा परिस्थिति यस्ताे निर्माण भयाे कि संसदमा प्रतिनिधित्व गर्ने प्राय सबै दलका सांसदले विश्वासकाे मत दिएका छन् ।
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा एमालेकाे ओली पक्ष, नेकपा एमालकाे नेपाल पक्ष, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका दुवै पक्ष, जनमाेर्चा नेपाल लगायताक सांसदले भाेट दिएका छन् । राप्रपा भने तटस्थ बसेकाे छ ।
सस्थागत रुपमा नेकपा एमालेले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे भए पनि एमालेकाे ओली पक्षकै ४ जना सांसदले देउवालाई विश्वासकाे मत दिए । माधव नेपाल पक्षीय नेताहरुले त मत दिने घाेषणा नै गरेका थिए ।
ओली पक्षका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् ।
यी बाहेक माधव नेपाल पक्षका थप १८ जनाले देउवाकाे पक्षमा मतदान गरे । माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, गोपाल बम, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिए ।
तपाईको प्रतिक्रिया