बाढीपीडित महिना दिनदेखि त्रिपालमै

समाधान संवाददाता २०७८ साउन ४ गते १३:५९

मनाङ-गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीm पहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका १ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।
मनाङको सदरमुकाम चामेमा बाढीले ५ घर डुबायो ।

सदरमुकाममा नै रहेको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि ५ घर बगायो । मस्र्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङीको घर बगाएपछि उनीहरू १ महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् ।
चामेकीसीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउँछिन् ।

‘बाढी, पहिराले घर बगाएपछि १ महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ’, उनले भनिन् ।

Advertisement


लामो समयदेखि लगातार वर्षा हुँदा मनाङीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरो पीडित संकटमा परेका छन् ।


पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको छिरिङ दोर्जे लामाले बताए । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उनले उल्लेख गरे । बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामाले सुनाए ।

Advertisement


यस वर्षको मनसुन सुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङीको गुनासो छ । मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरूको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरू बताउँछन् ।


बाढीपहिरो पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उनको भनाइ छ । यद्यपि मनाङी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् ।रासस

तपाईको प्रतिक्रिया