देउवालाई मत दिएका २२ जनालाई एमालेले सोध्यो प्रष्टीकरण

समाधान संवाददाता २०७८ साउन ४ गते १३:५३

समाधान संवाददाता, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ । उक्त पार्टीको आज बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो।

Advertisement

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया