दुई वर्षदेखि कोरला ब्यापार मेला ठप्प

समाधान संवाददाता २०७८ साउन ४ गते १८:०७


एसके थकाली \ जोमसोम

उपल्लो मुस्ताङ र चिनको स्वशासितक्षेत्र तिब्बतबीच सदियौंदेखि चलिआएको अन्तरदेशीय सांस्कृतिक कोरलानाकाको ब्यापार मेला कोरोना माहामारीका कारण अन्योल बनेको छ । लामोसमयदेखि कोरला ब्यापार मेला रोकिएपछि उपल्लो मुस्ताङी समस्यामा पर्दैआईरहेका छन् ।
नेपाल—चिनबीचको उत्तरी कोरला नाकामा हुने ब्यापार मेला कोरोना कहरले प्रभावित बनेपछि दुई वर्षदेखि यता उपल्लो मुस्ताङको आन्तरिक ब्यापार तथा पशुपालन व्यवसाय संकटमा पर्न थालेको छ ।२०६५ साल अघि उपल्लो मुस्ताङ र चिनको स्वशासितक्षेत्र तिब्बतबीच बर्सेनि आलोपालोका रुपमा दुबैतर्फको भूमीमा ब्यापार मेला लाग्ने गथ्र्यो ।

तर , त्यसयता भने चिन पक्षले सुरक्षा संम्वेदनशीलतालाई मध्यनजर गर्दै कोरलानाकाको तिब्बती भूमीमा मात्र ब्यापार मेला संञ्चालन हुन थाल्यो । नेपाल पक्षबाट उपल्लो मुस्ताङ र चिनको स्वशासितक्षेत्र तिब्बतको ढुङ्वा राज्यबीचको आपसी सहमतीमा बर्सेनि असार र भदौमा दुई पटक कोरलानाकाको तिब्बती भूमीमा ब्यापार मेला लाग्ने गथ्र्यो ।पछिल्लो समय नेपाल सरकार गृह मन्त्रालयले उपल्लो मुस्ताङी र तिब्बत पक्षको आपसी सहमतीमा आवश्यकता र औचित्यताको आधारमा कुनै पनि बेला ब्यापार मेला संञ्चालन गर्नसक्ने अधिकार स्थानीय प्रशासनलाई दिईसकेको छ ।

Advertisement

तर,यो अधिकार प्राप्त भएपनि कोरोना कहरले उपल्लो मुस्ताङको जनजिवन प्रभावित बनेकाले ब्यापार मेला तोकिएको समयमा संञ्चालन गर्ने अवस्था नरहेको हो । अहिले उपल्लो मुस्ताङको सीमावर्तीक्षेत्रमा कोरोना संक्रमित देखा परेकाले चिनियाँ सुरक्षा अधिकारीको टोलीले कोरलानाकाको सुरक्षा निगरानीमा थप कडाई गर्न थालेका छन्

मुस्ताङको उत्तरी कोरलानाकामा बर्सेनि असार र भदौ महिनामा लाग्ने ब्यापार मेलाबाहेक अन्य समेत यो नाका पूर्ण रुपमा बन्द हुने गर्छ । उपल्लो मुस्ताङीको आधारभूत आवश्यकता परिपूर्ती गर्ने तथा सीमावर्तीक्षेत्रको आन्तरिक ब्यापार सहज गर्ने उद्देश्यले दुबै पक्षको सहमतीमा ब्यापार मेला लाग्ने गरेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । सांसद बिष्टका अनुसार ब्यापार मेलामा सीमावर्ती क्षेत्रका बासिन्दाको स्थानीय उत्पादन तिब्बततर्फ निर्यात ,खाद्यान्न ,पेय पदार्थ,किराना सामान ,लत्ताकपडा,ईलेक्ट्रोनिक उपकरण ,कृषि औजार र निर्माण सामाग्री लगायतको उपल्लो मुस्ताङ आयात गरिने गरिन्थ्यो ।

Advertisement

कोरोना कहरले कोरला ढोका बन्द हुँदा लामो समयदेखि उपल्लो मुस्ताङमा चाईनिज सामानको अभाव हुन थालेको छ ।ब्यापार मेला प्रभावित बनेपछि तिब्बतबाट आयात गरिने सामान भन्दा दोब्बर मुल्यमा खाद्यान्न लगायतका समान खरिद गर्न उपल्लो मुस्ताङी बाध्य छन् । नाकामा मेला नहँुदा नेपालपक्षबाट निर्यात हुने बहुमुल्य जीवन उपयोगी यार्सा गुम्बा र पस्मिनाको ब्यापार ठप्पै छ भने तिब्बतबाट ल्याईने भेडा—च्यांग्राको कारोबार रोकिएको सांसद बिष्टले उल्लेख गरे ।सीमावर्तीक्षेत्रका बासिन्दाले तिब्बतबाट पाठापाठी ल्याएर बयस्क भएपछि चाडपर्वमा बिक्री बितरण गर्ने गथ्र्ये ।

बर्सेनि आलोपालो संञ्चालन गर्ने नेपाल—तिब्बत ब्यापार मेला पछिल्लो समय चिनले एकतर्फी रुपमा संञ्चालन गर्न थालेपछि ब्यापार मेलामा जाने नेपाल पक्षलाई कडा सुरक्षा चेकजाच गर्न सुरु ग¥यो । कोरलानाकामा खटिएका चिनिया सुरक्षाकर्मीले नागरिकताको आधारमा मुस्ताङीलाई प्रवेश दिन्थ्यो तर ,दलाई लामाको लकेट लगाएकालाई तिब्बती भूमीमा छिर्न दिने थिएन ।
सीमित भूगोलमा बर्सेनि एकबाली मात्र खेतीपाती गर्ने उपल्लो मुस्ताङको आन्तरिक ब्यापारिक कारोबार सदियौदेखि तिब्बतसंग हुने गरेको छ । बर्खायामको गर्मी मौसममा खेतीपाती तथा पशुपालन गर्ने र हिउँदयाममा घुम्ती ब्यापार गर्न बेसी झर्ने बाध्यता उपल्लो मुस्ताङीको छ । यसवर्षको हिउँदयाममा उपल्लो मुस्ताङी बेसी झर्न नपाउदा दैनिक जिविकोपार्जनमा थप समस्या र चुनौती थपिएको सांसद बिष्टले बताए ।

चिनको स्वशासितक्षेत्र तिब्बततर्फ नोमेट नागरिकले भेडा÷च्यांग्रा र याकचौरी लगायतको पशुपालन गर्ने गर्छन । कोरोनाका कारण तिब्बतका नोमेटहरुको पशुपालन ब्यवसाय समेतमा असर पू¥याएको सांसद बिष्टको भनाई छ ।
उपल्लो मुस्ताङ र तिब्बतको पुरानो संम्वन्ध ः
नेपालको सीमावर्तीक्षेत्र उपल्लो मुस्ताङ र चिनको स्वशासितक्षेत्र तिब्बतको संम्वन्ध कुनै समय समुधर थियो । तिब्बत स्वतन्त्र राज्य हँुदा उपल्लो मुस्ताङका नागरिक र तिब्बततर्फका नागरिकको ब्यापारिक तथा बैवाहिक संम्वन्ध चल्थ्यो । तिब्बत स्वतन्त्र राज्य हुँदा उपल्लो मुस्ताङी ढुङवासेन, ल्हासा र सिगात्सेसम्म पुगेर ब्यापार÷व्यवसाय गर्ने गथ्र्ये । यसरी ब्यापारिक शिलशिलामा गएकाहरुले उतैबाट बिवाह समेत गथ्र्ये भने तिब्बतका नागरिकले पनि उपल्लो मुस्ताङीसंग बैवाहिक संम्वन्ध गाँस्ने प्रचलन रहेको सांसद बिष्टले सुनाए । खुला सिमानाका रुपमा रहेको मुस्ताङको उत्तरीक्षेत्रको सीमानाका जतिबेला चिनले तिब्बत कब्जामा लियो त्यसपछि एकाएक कोरलानाका बन्द भएको सांसद बिष्टको भनाई छ । तिब्बत स्वतन्त्रताका लागि चिन बिरोधी गतिबिधिको रुपमा सृजना भएको तिब्बती खम्पा बिद्रोहका कारण त्यससमय कोरलानाका बन्द हुन पुगेको थियो । खम्पा बिद्रोहपछि उपल्लो मुस्ताङीहरुलाई तिब्बत जान चिनले प्रतिबन्ध लगायो ।
त्यससमय तिब्बती खम्पा बिद्रोहीहरुले मुस्ताङका बिभिन्न स्थानमा आधार शिविर खडा गरी चिन बिरोधी गतिबिधि गर्ने गरेका थिए । खम्पा बिद्रोह अघि उत्तरी कोरलानाकामा कुनै तारबार समेत थिएन । तिब्बत र उपल्लो मुस्ताङीको पशुचरनक्षेत्र समेत साँझा थियो । यताका उता र उताका यता निर्वाध आउजाउ गर्न पाउँथे । तिब्बतबाट खम्पा बिद्रोहका नाम चलेका एक भिक्षु कोरलानाका हुँदै भारत छिरेपछि चिनले कोरलानाका बन्द ग¥यो । सीमाक्षेत्रमा तारबार लगाउन सुरु ग¥यो । २०३१ सालमा नेपालबाट खम्पा बिद्रोह अन्त्य भएपछि मुस्ताङको कोरलानाका बिस्तारै उपल्लो मुस्ताङीका लागि सहज बनाउन थालियो । तिब्बत र उपल्लो मुस्ताङीको सांस्कृतिक सम्वन्ध उस्तै मिल्दोजुल्दो छ । अझै पनि कतिपय उपल्लो मुस्ताङीले तिब्बतका दलाई लामालाई भगवानको रुपमा लिने गरेका छन् ।
कहिले खुल्ला कोरलानाका ?
भारतीय नाकाबन्दीमा एकाएक निकै चर्चामा आएको गण्डकी प्रदेशको लाईफ लाईन मुस्ताङको उत्तरी कोरलानाका कहिले खुल्ला यसको पर्खाईमा उपल्लो मुस्ताङी व्यग्र प्रतिक्षामा छन् । कोरलानाका खुले आन्तरिक ब्यापार÷व्यवसाय सहज हुने उनीहरुको अपेक्षा छ ।छिमेकी देश चिन सरकारले उत्तरी कोरलानाका खोल्ने दीर्घकालिन लक्ष्य अनुरुप कोरलानाकामा २०७४ सालदेखि पूर्वाधार निर्माण सुरु गरेको थियो । चिनले कोरलानाकामा भन्सार,अध्यामगन ,सुरक्षा पोस्ट र सुख्खा बन्दरगाह लगायतका भब्य ठुला÷ठुला संरचना तयार गरिसकेको छ । मुस्ताङको उत्तरी कोरलानाका खोल्ने लक्ष्य अनुसार नेपाल सरकारले २०७४ साल देखि धमाधम बेनी÷जोमसोम—कोरला सडक निर्माणको काम अघि बढाएको छ । सरकारले उत्तरी कोरलानाका जोड्ने सडक बिस्तार गरेपनि कोरलानाकामा पूर्वाधार निर्माणको काम अझै अघि बढ्न सकेको छैन ।यद्यपी सरकारले कोरलानाकामा भौतिक संरचना निर्माणका लागि १ हजार रोपनी जग्गा सरकारको नाममा लिईसकेको सांसद बिष्टले जानकारी दिए । सांसद बिष्टले उत्तरी कोरला गण्डकी प्रदेशको गौरवको नाका भएकाले नाका खोल्न अनिवार्य भएको बताए । मेची देखि महाकालीसम्मको नाका मध्ये भूबनोट मिलेको उपयुक्त नाका कोरलानाका भएकाले सरकारको ध्यान जानुपर्ने उनको भनाई छ । उनका अनुसार दीर्घकालिन रुपमा कोरलानाका खोल्ने उद्देश्यले सरकारले नेचुङमा सशस्त्रको बिओपी र लोमान्थाङमा नेपाली सेनाको क्याम्प समेत स्थापना भईसकेको उल्लेख गरे ।
सरकारले २०७४ साल फागुनमा कोरलानाकामा पूर्वाधार निर्माणका लागि संम्भाव्यता अध्ययन टोली खटाएको थियो ।कोरलानाकामा पूर्वाधार निर्माणको सम्भाव्यता तथा सर्बेका लागि टेन्डर मार्फत सितारा कन्ट्रक्सनलाई जिम्मा दिएको थियो । सो अध्ययन टोलीले तयार पारेको प्रतिबेदन हालै नेपाल सरकारलाई हस्तान्तरण समेत भईसकेको छ । अध्ययन टोलीले कोरलानाकामा भन्सार,क्वारेन्टाईन,सुरक्षा पोस्ट,अध्यागमन र सुख्खा बन्दरगाह लगायतका २६ वटा कार्यालय स्थापना गर्न लागत स्टमेट समेत तयार गरेको छ । सो अध्ययन टोलीले ५ दिनसम्म कोरलानाकामा पुगेर सम्भाव्यता अध्ययन गरेको थियो । सांसद बिष्टले कोरलानाकामा भौतिक संरचना निर्माणमा ठुलो बजेट लाग्ने भएकाले सरकारको ढिलाई भएको हुनसक्ने जनाए ।दुई देशबीचको ब्यापारिक मार्ग बिस्तारका लागि चिनपक्षले कोरलानाकामा संरचना निर्माण गरिसकेकाले नेपालपक्षले पनि छिटो भन्दा छिटो पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए ।
कोरलानाका खोल्न तथा पूर्वाधार निर्माणका लागि संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले सरकारको ध्यानआर्कषण गराईरहेकाले केही वर्षभित्र नाका संञ्चालनमा आउने सांसद बिष्टले दाबी गरे ।

तपाईको प्रतिक्रिया