थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि

समाधान संवाददाता २०७८ साउन ४ गते १८:२९

नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया