होन्डा ग्राजिया स्कुटर पोखरामा बिक्री सुरु

समाधान संवाददाता २०७८ साउन ४ गते २१:३१

पोखरामा ग्राजिया १२५ बिएस ६ को नयाँ मोडलको स्कुटर बिक्री सुरु भएको छ । स्याकार टे«डिङ कम्पनी गण्डकीको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स्ले उक्त स्कुटर बिक्री सुरु गरेको हो । ग्राजिया स्कुटर सोमबारदेखि बिक्री थालिएको कुँवर ब्रदर्सका सेल्स म्यानेजर सचिन श्रेष्ठले जानकारी दिए ।

आकर्षक र स्टाइलिस लुक रहेको ग्रजियामा १२५ सिसीको नयाँ बिएस–६ मोडलमा व्याहारिक फिचर थप पूर्ण रुपमा रि–डिफइन गरिएको श्रेष्ठले सुनाए । श्रेष्ठ भन्छन्, ‘सार्वजनिकभन्दा अगाडि नै २२ वटा बुकिङ भइसकेको छ । स्कुटरले कति माइलेज दिइरहेको छ, सबै आफैले हेर्न मिल्छ । अरुभन्दा भिन्न फिचर छ । आजै सिन्धु पोखरेलले किनेकी छन् ।’

स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर चालक आफैले हेर्न मिल्छ

आफ्नो कम्पनीको सवारी साधन बिग्रियो भने तत्काल घटनास्थनमा गएर सेवा दिने कुँवर बदर्स एन्ड सन्स् प्रालिका प्रोप्राइटर चन्द्रबहादुर कुँवरले बताए । ‘बिक्रीपछिको सेवा सुविधामा हामीले सर्भिसिङ फ्रि गरेका छौं । हामीहरुले कोभिडभन्दा अघि पनि सर्भिसिङ क्याप्प गरी घरदैलो कार्यक्रम ग¥यौं । अब छिटै फेरि सुरु गर्छाैं,’ उनले भने । नयाँ आएको ग्राजिया निकै राम्रो भएकाले सबैलाई एकचोटि आएर टेस्ट ड्राइभ गर्न उनले अनुरोध गरेका छन् ।

Advertisement

दुई मोडलमा आएको ग्राजियोको बिएसभिआई डिआरएसको मूल्य नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैयाँ छ भने बिएसभिआई डिएसएसको २ लाख ८९ हजार ९ सय छ । १५५ एमएम देखि १७१ एमएम ग्राउन्ड क्लिअरेन्स रहेको स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर चालक आफैले हेर्न मिल्छ । स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टी जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होन्डाको पिजिएम–यफआई टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेकको श्रेष्ठले बताए । ग्राजियाको यस नयाँ बिएसभिआईमा जाम भएको समयमा इन्धनको बचत गर्न आइडिलङ स्टप छ । नयाँ बिएसभिआई एसटिडी मोडलमा इन्जिन स्टप स्विचसमेत उपलब्ध रहेको श्रेष्ठले जानकारी दिए ।

Advertisement

साइलेन्ट स्टार्ट, इएसपी साइड स्ट्यान्ड इन्जिन अफ फिचर, एसिजीसहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषतासमेत ग्राजिया बिएसभिआईमा रहेको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया