विषाक्त रक्सीले बागलुङमा ४ जनाको मृत्यु

समाधान संवाददाता २०७८ साउन ५ गते १५:४०

रासस, बागलुङ

बागलुङमा एक खानेपानी आयोजनामा काम गर्दै आएका चार जना मजदुरको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको छ।

गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको एक खानेपानी आयोजनामा काम गर्ने मजदुर २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो।

Advertisement

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ।

सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया